नागरिक पोष्ट News


झण्डै १७ खर्बको बजेट ल्याउन अर्थ समितिको सुझाव

2.8K

प्रतिनिधिसभाको अर्थ समितिले ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट ल्याउन सरकारलाई सिफारिस गरेको छ ।  अर्थ समितिले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटको आकार चालु आर्थिक वर्षको अनुमानित कूल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हाराहारी ल्याउन सुझाव दिएको हो । राष्ट्रिय तथ्यांक विभागको अनुसार चालु आव २०७६र७७ मा कुल गार्थस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । अर्थ समितिको सुझाव अनुसार बजेट बन्यो भने १६ अर्ब ९५ अर्ब रुपैयाँ हाराहारी आकारको बजेट आउनेछ । राजस्वबाट १० खर्ब रुपैयाँ मात्र उठ्न सम्भव हुने अर्थ समितिको अनुमान छ । चालु आर्थिक वर्षमा सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । कोभिड १९ ले नराम्रोसँग प्रभावित भएका उद्योग, व्यवसाय, श्रमिकलगायत क्षेत्रलाई राहत दिनुपर्ने र अर्थतन्त्रलाई समेत गतिशिल बनाउनु पर्ने भएका कारण बिस्तारकारी बजेट आउनुपर्ने अर्थ समितिको निष्कर्ष छ ।

समितिले आगामी आवमा स्वास्थ्य क्षेत्रमा मात्र १० प्रतिशत बजेट आउनुपर्ने बताएको छ । यो बजेटले संघ, प्रदेश र स्थानीय तहले समन्वात्यमक रुपमा स्वास्थ्य पूर्वाधार निर्माण गर्न सिफारिस गरिएको छ । स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने भेन्टिलेटर, आइसीयू बेड र आइसोलेसन बेडलगायत पूर्वाधार निर्माणमा बजेट बढाउन सुझाव दिइएको छ ।

 कृषितर्फ समितिले १५ प्रतिशत बजेटको सिफारिस गरेको छ र रोजगारी सिर्जनामा मूख्य भूमिका खेल्नु पर्ने भएकाले कृषिलाई उच्च प्राथमिकतामा राख्न भनिएको छ । कृषि, पशुपालन, कृषि वन, सिंचाई, कृषि सडकलगायतमा यो बजेट परिचालन गर्न भनिएको छ ।

Must View