नागरिक पोष्ट News


रामेछापका कोरोना संक्रमित मैतीदेवी बस्ने भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल

2.3K

७ जेठ, काठमाडौं 

२०७७ साल जेठ ६ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति बसोबास गर्ने स्थान मैतीदेवी भएकाले मैतीदेवी क्षेत्र सिल गरिएको छ।

खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए, उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सडकमा डोरी टाँगेर कोरोना प्रभावित क्षेत्र लेखी त्यहाँभित्र जान र आउन प्रतिबन्ध गरिएको छ । त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

Must View