गुल्मीका ४१ वर्षिय संक्रमितको भेन्टिलेटरमै उपचारत हुदै, मृत्यु भनेर अस्पतालको झुटो जानकारी
समाचार सम्पादन गरिएको काठमाडौं, ७ जेठ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको भेन्टिलेटरमै उपचारत भइरहेको छ । उनलाई जेठ ५ गते सोमबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए ।
उनी गुल्मी मदाने–६ का स्थानीय शिक्षक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो ।
भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो । झूठो विवरण दिएको भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए । प्रदेश सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने भएको छ ।
रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल मार्फत प्राप्त जानकारी अनुसार हामीले सो समाचार नागरिकपोष्टबाट सम्प्रेषण गरेका है तर कोरोना संक्रमित बिरामी भेन्टिलेटरमै उपचारत भइरहेकाले मृत्यु भन्ने समाचारलाई हामीले सम्पदान गरेका छौं । यसबाट हामी नागरिककमा गलत जानकारी हुन पुगेको हामी क्षमाप्रर्थी छौ । आगामी दिनहरुमा सत्य तथ्यपूर्ण समाचार मात्र सम्प्रेषण गर्नेमा विशेष ध्यान दिने प्रतिबद्ध रहने विश्वास समेत दिलाउन चाहन्छौं ।
- सम्पादक