नागरिक पोष्ट News


कालीमाटीका दुई सुरक्षाकर्मीमा संक्रमण देखिएपछि कालीमाटी, बल्खु, कलंकी र स्यूचाटार सिल

2.1K

महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिएको टेकुस्थित प्रयोगशालाले पुष्टि गरेको छ । यो सँगै  प्रहरीमा उच्च सतर्कता अपनाइएको छ भने प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

Must View