शक्तिशाली अम्फान चक्रवात नेपालतर्फ आउँदै, विहिबार र शुक्रबार सचेत रहन मौसमविद्को आग्रह
काठमाण्डौ । नेपालको मौसममा बङ्गालको खाडी जोडिने गर्छ । विशेष गरी वर्षायाममा पानी पर्नेदेखि हावाहुरी र चट्याङसम्म बंगालको खाडीको असर पर्ने गरेको छ । मौसमविदले विहिबार र शुक्रबार बंगालको खाडीमा उत्पन्न भएको शक्तिशाली अम्फान चक्रवातको असर नेपालमा पनि देखिने बताएका छन् । जसले गर्दा सुरक्षा सतर्कता उपनाउनुपर्ने देखिएको छ ।
गत शनिवारदेखि बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली अम्फान चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना देखिएको हो । अम्फान चक्रपातको प्रत्यक्ष प्रभाव समुन्द्र तटीय क्षेत्रमा पर्ने भएपनि त्यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रसम्म पर्ने मौसमविद्हरुले बताएका छन् । नेपालका प्रदेश नम्बर १ साथै पुर्वि पहाडी, हिमाली भागमा हल्का तथा मध्यम हिमपात हुने छ भने पुर्वि तराईका भागहरुमा भारी बर्षा हुनुको साथै चट्याङ्को पनि सम्भावना छ ।
बङ्गलादेशमा उत्पन्न चक्रवातका कारण नेपालमा हावाहुरी सुरु भएकोले यस्तो बेला चट्याङ पर्ने भएकोले वन जङ्गल नजाने, विद्युतीय उपकरणहरु बन्द गर्ने, खोला नाला बढ्न सक्ने भएकोले सचेत हुन मौसमविदले आग्रह गरेका छन् ।
जलसहितको आँधीले सबैभन्दा धेरै वङ्गालादेशमा प्रभाव पार्ने जनाइको छ । १५५ देखि १८५ किलोमिटरसम्म प्रतिघण्टाको दरमा अगाडि बढ्ने यो चक्रवातले भारतमा समेत असर पार्नेछ ।