नागरिक पोष्ट News


कोभिड १९ को समाधानको बाटोमा गण्डकी प्रदेशका सांसद दीपक कोईरालाको उदाहरणीय दैनिकी

787

कोरोना कोभिड १९ का कारण नेपाल झण्डै दुई महिना लकडाउनमा परेको छ । यसको असर राजनीतिक सामाजिक र आर्थिक क्षेत्रमा व्यापक रुपमा पर्दै गएको छ । कोरोना भाइरसबाट विश्वलाई चुनौती थपिदिएको छ ।

नेपालमा कोरोनाको असर दिनप्रतिदिन बढिरहेको छ । उद्योगधन्दा, कलकारखाना, यातायात, शैक्षिक लगायत होटल पर्यटन क्षेत्र ठप्प छन् । सामाजिक गतिविधिहरु पनि रोकिएका छन् । सबैतिर अझै के हुने हो भन्न सकिने अबस्था छैन । आर्थिक गतिविधिहरु रोकिएका छन् । मानसिक असर थपिदै गएको छ ।

मानिसहरु डराएका छन् । देशैभरि विपत्ति र संकट छाएको छ । नागरिकहरु अत्तालिएका छन् । यही बेला जनताहरुले सरकारको भूमिका खोजिरहेका छन् ।   नेपाल सरकारले पनि कोभिड १९ को असरबाट बचाउन प्रयासहरु गर्दै आएको छ । देश संघीय शासन प्रणालीमा छ । त्यसैले प्रदेश संघ र स्थानीय सरकारको भूमिका ससक्त हुनुपर्ने बेला आएको छ ।

यसै कुरालाई मनन गरेर कोभिड १९ को समस्याको हल गर्न स्थानीय जनप्रतिनिधिहरु सामाजिक, राजनीतिक र मानसिक रुपले अगाडी सर्दैछन् ।  कोरोना कहरका बीच आशाको किरणका रुपमा देखिएका छन गण्डकी प्रदेश क्षेत्र नं १ का सांसद दीपक कोईराला।

नेपालको सन्दर्भमा कोभिड १९ को चुनौतीले अवसरको रुपमा पनि हेरिएको छ । यो प्राकृतिक प्रकोपले सरकार जनप्रतिनिधिलाई थप उर्जा प्रदान गरेको छ।

लामो समयदेखि नेपालमा जरा गाडेको कोरोना भाईरससँग लड्न नेतृत़्वमा सहि कुरासुन्ने,निडर भई साँचो कुरा बोल्न सक्ने, दुरगामी सोच र उचित समाधान दिन सक्ने गुण आवश्यक पर्छन र यही नेतृत्वको खोजिमा नागरिकपोष्टको आखाँमा सांसद कोईराला देखिएका छन् ।

थुप्रै जनप्रतिनिधि कोरोनासँग बच्न नाक मुख लुकाएर घरमा बसिराख्दा गण्डकी प्रदेशका अर्थ तथा बिकास समितिका सभापति कोईराला कहिले बेगनास ताल बाँध अनुगमन गर्न पुगेका देखिन्छन त कहिले पुग्छन ज्याम्दु र मादी। उनीलाई जनताको रगत पसिनाले उठेको करले निर्माणाधिन संरचना यस वर्ष पनि काम ढिला हुदा सेटिङ गरि सकेको पुल बाढीले बगाएर माटोमा मिसाउने हो कि भन्नेडरले सताएको देखिन्छ र यस अबधिमा पनि सुरक्षा विधि अपनाएर निर्माण कार्य पुरा गर्नु पर्ने र मजदुर ब्यवस्थापन तथा निर्माण सामाग्री ल़्याउन कुनै समस्या भए आफुहरुले पहल गर्ने निर्माण कम्पनीलाई बचन दिदै निर्माणलाई सुचारु गराई जनताको सपना माटोमा बग्नबाट जोगाउन प्रयासरत छन।

यसै बिच गण्डकी प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापतिका हैसियतले कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोली संग गण्डकी प्रदेशको बजारको अबस्था,मुल्यबृद्धि र कुनै पनि सामाग्रीको अभाव हुन नदिन पनि सम्बन्धित सरोकारवालाहरुलाईबोलाई आवश्यक निर्देशन दिएका छन।यस्तैसमितिलाई सक्रिय बनाई आफ्नो अन्तर्गत पर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय ,भौतिक पूर्वाधार विकास मन्त्रालय,उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय र भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसंग लकडाउनले पारेको असर र अहिलेको नेपालको परिवेशमा बजेट मुख्य रुपमा कार्यान्वयन हुने अबस्थामा लकडाउनमा गर्न सकिने कामलाई निरन्तरता दिन निर्देशन दिएका छन ।आगामी बजेटमा स्वास्थ्य, कृषि,पर्यटन र उद्योगलाई प्राथामिकतामा राख्नु पर्नेमा समितिको जोड छ ।त्यस्तै यही बिचगण्डकी प्रदेशको अर्थ तथा विकास समितिको नेतृत्वमा सातवटै प्रदेशका अर्थ समितिका सभापतिहरुसंग समन्वय गरेर भिडियो कन्फरेन्स गरी अब लकडाउनको तरिका परिबतन गर्नुपर्ने,बजेट निर्माणमा समितिको भुमिका बढाउनुपर्ने , बजेट वितरणमुखी नभएर परिणाम मुखि बनाउन,प्रि–बजेट छलफललाई प्रभावकारी बनाउनु पर्ने,राजश्व संकलनको दायरा बढाउन प्रदेश सरकारलाई सहयोग गर्ने,सावर्जनिक खरिद ऐन परिमार्जन गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।

बिकासका कार्य देखि लिएर बजार सहजिकरण, उद्योग, पर्यटन र अर्थ सबैमा कोईरालाको राम्रो दखल र उत्साहपुर्ण भुमिका रहेको देखिन्छ।प्रतिपक्षी दलले सधैं यो देउ र त्यो देउ भनेर माग्नुको सट्टा गण्डकी प्रदेशकाबिकास समितिका सबै सदस्य मिलेर एक अर्कालाई सहयोग गरेका देखिन्छ र यही कुशल नेतृत्व,उत्साह र तालमेल सबै समिति, सबै प्रदेश र  संघिय सरकारमा पनि जरुरी देखिन्छ।संघिय संसदमा नै १६ वटा समिति रहेका छन भने हरेक प्रदेशमा कम्तिमा ४ वटा समिति रहेका छन।यस समयमा काम नगर्न थुप्रै बहानाहरु हुन सक्छन तर काम गर्न सिर्फ दुई वटा बहानास्त्यो हो राष्ट्र प्रतिको प्रेम र जनता प्रतिको कर्तव्य। सायद दीपक र गण्डकी प्रदेशको अर्थ तथा बिकास समिति एक उदहारण मात्र हुन।

हामी जनताले अब नेतृत्व चयन गर्दा यी कुराहरुलाई पनि अवलम्बन गर्ने हो किरु सत्ता रूपान्तरणको नाममा दिशाहीन र स्वार्थले गाजिएका मानिसहरुको पहिचान गरी युवा पुस्ता अग्रगामी चेतनाको संवाहक भई हावा तालमा जिन्दावाद र मुर्दावादको भूमरीमा नफसेर सही कार्य मुल्याङकनको आधारमा नेतृत़्व पहिचान गर्न सके देश सम्बृद्धिको बाटोमा हिड्न कुनै कोरोना बाधक बन्न सक्दैन।

Must View