नेपालमा एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल सङ्ख्या ३७५ पुग्यो
2.5K
जेठ ५ गते सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । सोबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपालको बाँकेमा एकैदिन थप ४७ जनामा कोरोना संक्रमण देखियो नेपालमा थप ९ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्योकाठमाण्डौ - नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु, बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरान, भेरी अस्पताल नेपालगञ्ज तथा काेसी अस्पताल, विराटनगरमा गरिएकाे परीक्षणकाे पछिल्लाे नतिजाअनुसार थप १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । थप सङ्क्रमितहरूमा धनुषानिवासी दुइ पुरूष, खाेटाङ हलेसीनिवासी एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख अाठबीसका एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।