नागरिक पोष्ट News


भारतीय अतिक्रमणको बिरोधमा सामाजिक सन्जालमा देखियो ब्ल्याक आउट

464

भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आन्दोलित नेपाली युवाहरुले आन्दोलनको शैली बदलेका छन।

सिमा बचाउ अभियानका अभियन्ताहरु लगयात थुप्रै स्वतन्त्र युवाहरुले सामाजिक सन्जालमा आफ्नो प्रोफाइल पूर्ण रुपले कालो बनाएर बिरोध प्रदर्शन गरेका हुन । प्रोफाइल कालो बनाउनुका साथै “भारतिय सेना नेपाल छोड ! नेपाल सरकार सीमा जोड !! भारतिय हस्तक्षेप मुर्दावाद !!! #backoffindia #WakeUpNepalGovernment @PM_Nepal #GoBackIndia @PMOIndia #LimpiyadhuraKalapaniLipulekBelongsToNepal” जस्ता नारा र ह्यासट्यागहरु ले सामाजिक सन्जाल भरिएको देखिन्छ ।

उनिहरुको यस सामाजिक सन्जालको बिरोध अभियानमा देश भित्र मात्र नभएर देश बाहिरबाट पनि सहभागिता देखिएको छ ।

कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै भारतिय कदमको बिरोधको शैली रचनात्मक र डिजिटल बनाउदै लगेको एकजना अभियन्ता दिवाकर पोखरेलले बताएका छन । अर्का अभियन्ता सविन सिग्देलका अनुसार आजको अभियान हजारौको सहभागितामा उत्साहजनक रहेको थियो ।अब थप रचनात्मक कार्यक्रमहरु दैनिक रुपमा सन्चालन गरिदै जाने अभियन्ताहरुले  बताएका छन । यस अघी पनि लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद भवन अगाडि र माइतिघरमा भारतिय बिरोधमा प्रदर्शन गरेका थिए ।

Must View