नागरिक पोष्ट News


पूर्वी नेपालमा हावहुरीको खतरा ! बंगालको खाडीबाट शक्तिशाली चक्रवात आउदै

10.3K

बंगालको खाडीमा अम्पुन नामको धेरै शक्तिशाली चक्रवात बनिसकेको र त्यो अझ शक्तिशाली बन्ने क्रममा रहेको भन्दै नेपालका बासिन्दालाई पनि होसियारी अपनाउन यहाँको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

मौसमी बुलेटिन जारी गर्दै महाशाखाले त्यसकाे प्रभावले देशभर वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैलाई अनुराेध गरेकाे हाे। 

 विभागले पूर्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’

अम्पुन भारतको ओडिसा हुँदै १३ किलोमिटर प्रतिघण्टाको दरले उत्तरतर्फ सरिरहेको छ । १९ मेसम्म यसको वेग १८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ ।

भारतमा यसले पुर्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ । 

Must View