नागरिक पोष्ट News


भारतमा कोरोना संक्रमण तीब्र गतिमा, एकैदिन उच्चविन्दूमा पुग्यो मर्नेको संख्या ३ हजार नाघ्यो

2.1K
संक्रमित ९५ हजार ६९८, मृतक तीन हजार २५

२४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिए, १५२ जनाको ज्यान गएको छ । 

अहिलेसम्म भारतमा संक्रमितको संख्या ९५ हजार ८७२ पुगेको छ । अहिलेसम्म ३६ हजार ७९५ जनालाई निको भएको छ । २४ घण्टामा २ हजार ५३८ जनालाई निको भएको छ । 

ज्यान जानेको संख्या ३ हजार २५ पुगेके छ । २४ घण्टाको अवधिमा १५२ जनाको ज्यान गएको छ । 

२४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिएका हुन् । यो अहिलेसम्मकै उच्च हो ।

महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । महाराष्ट्रमा ३३ हजार ५३ संक्रमित भएका छन् । आइतबार ६३ जनाको ज्यान जाँदा मृतक १ हजार १९८ जना पुगेका छन् । 

गुजरातमा संक्रमित ३९१ थपिएर ११ हजार ३८० पुगेका छन् । मृतक ३४ थपिएर ६५९ पुगेका छन् । 

त्यस्तै तमिलनाडुमा ६३९ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ११ हजार २२४ पुगेका छन् । मृतक ७९ पुगेका छन् । 

दिल्लीमा ४२२ जना थपिएर संक्रमित ९ हजार ७५५ जना पुगेका छन् । मृतक १९ थपिएर १४८ पुगेका छन् । मध्यप्रदेशमा १८७ जना थपिएर ४ हजार ९७७ संक्रमित पुग्दा पुगेको छ । मृतकको संख्या २४८ पुगेको छ ।

राजस्थानमा २४२ जना थपिएर ५ हजार २०२ पुगेका छन् ।  मृतक १३१ पुगेका छन् ।

Must View