नागरिक पोष्ट News


दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

2.5K

काठमाडौं, जेठ ५ । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको निकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् ।

अन्तिम पाँचमा पर्न सफल भएसँगै उनी फाइनलको उपाधिको प्रतिष्पर्धामा प्रवेश गरेका छन् । यो घोषणासँगै उपाधिका लागि मतदान खुल्ला गरिएको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि शुरु भइसकेको छ । यस राउण्डमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

उपाधिकै दावेदार मानिएका २२ वर्षीय दिवेश काठमाडौंको रविभवनमा जन्मेर उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।

Must View