काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल, घर बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध
2.9K
काठमाडौं, जेठ ४ । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन जेठ ७ गतेसम्म सिल गरिएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ ।
हालसम्म सो नगरपालिकामा पाँचजनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जनाइएको छ ।
नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध गरिएको छ ।
सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेशन वार्ड स्थापना गरी कोरोना सङ्क्रमितको उपचार गरिँदै आएको छ ।