कोरोना मार्न किटाणुनाशक’ छर्किनु मानवस्वास्थ्यलाई नै हानिकारक : डब्ल्यूएचओ
2.4K
काठमाण्डौ । नेपालगायत विभिन्न मुलुकमा सडक र बाटाहरुमा कोरोना संक्रमणमुक्त बनाउने नाममा विभिन्न किटाणुनाशक (रोगााणुनाश) औषधि छर्किने गरेको देखिन्छ। तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) यस्ता किटाणुनाशक औषधि छर्किंदा कोरोनाभाइरस नमर्ने बरु मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ।
डब्ल्यूएचओले सडक, बाटा र बजारहरुमा कोरोनाभाइरस वा अन्य कुनै भाइरस मार्न छिर्किने किटाणुनाशक औषधि प्रयोग नगर्न सुझाव दिएको छ।
डब्ल्यूएचओ घरभित्र किटाणुनाशक औषधि नछर्किन पनि चेतावनी दिएको छ। यदि किटाणुनाशकको प्रयोग गर्ने नै हो भने पनि कुनै कपडामा भिजाएरमात्र पुछ्न डब्ल्यूएचओले सल्लाह दिएको छ।
डब्ल्यूएचओले तयार पारेको गाइडलाइन यस्तो छ–
- सडक र फुटपाथमा कोरोनाभाइरस रहिरहेको हुँदैन।
- किटाणुनाशक औषधि छर्किंदा मानिसको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ।
- कुनै पनि हालतमा मानिसलाई यस्ता किटाणुनाशक औषधि छर्किन डब्ल्यूएचओले सल्लाह दिँदैन।
- किटाणुनाशक औषधि शारीरिक र मानिसक रुपमा हानिकारक हुन्छ।
- यस्ता किटाणुनाशक औषधिले कुनै पनि संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा फैलिने संक्रमणलाई रोक्न सक्दैन।
- यस्ता किटाणुनाशक औषधिले आँखा, छालामा जलन उत्पन्न गर्नुका साथै श्वास लिन पनि समस्या आई मानिस बिरामी पर्न सक्छन्।