टोखा नगरपालीकाको क्षेत्र शिल: कोरोनाबाट मृत्यु भएकी महिला बसेको खुलेपछि
2.6K
काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिला त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर फर्किएपछि टोखा नगरपालिकामा बसेको पाइएपछि सो क्षेत्र शिलबन्दी गरिएको छ।
टोखा नगरपालिकाका नगर प्रमुख, प्रकाश अधिकारीले एक सूचना जारी गर्दै मृतक महिला नगरपालिकाको वडा नं ९ को काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बस्नुभएको भन्ने जानकारी आएकाले सो वरपरको क्षेत्र सिल गरिएको नोटबजारलाई जानकारी दिए।
कोरोनाका कारण मृत्यु भएको पुष्टि भएसँगै सम्भावित जोखिम पहिचान गर्न र क्न्ट्याक्ट ट्रेसिङ्क अगाडि बढाउन नगरपालीकाले सो क्षेत्र सिल गरेको हो।