कोरोनाका कारण ३ लाख १२ को मृत्यु, अमेरिकामा सबैभन्दा बढी ८९ हजार ५ सय बढीको मृत्यु
काठमाडौं । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १२ हजार ३ सय १७ पुगेको छ ।
४७ लाख १५ हजार बढी संक्रमित मध्ये करिब १८ लाख १० हजार उपचार पछि निको भएका छन् ।
४४ हजार ८ सय ४० जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ८९ हजार ५ सय ४० जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या १५ लाख ६ हजार नाघेको छ । बेलायतमा २ लाख ४० हजार संक्रमित मध्ये ३४ हजार ४ सय बढीको मृत्यु भएको छ ।
इटालीमा २ लाख २४ हजार ७ सय बढी संक्रमित र ३१ लाख ७ सय बढीको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ७६ हजार कोरोना संक्रमित मध्ये २७ हजार ५ सय बढीको मृत्यु भएको छ ।
ब्राजिलमा २ लाख ३३ हजार बढी संक्रमित हुंदा १५ हजार ६ सय बढीको मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ७६ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।
रसियामा २ लाख ७२ हजार बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ ।
यसैगरी भारतमा ९० हजार ६ सय बढी कोरोना संक्रमितमा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । (एजेन्सी)