नागरिक पोष्ट News


सुरक्षाकर्मीमा बढ्दो संक्रमण , बारामा प्रहरी जवानलाई पनि कोरोना संक्रमण देखियो

1.6K

 जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण पाइएको टेकु अस्पतालले जनाएको बाराका प्रमुख जिल्ला अधिकारीले  बताएका छन्।बाराका एसपी कृष्ण पंगेनीले पनि आफूहरुलाई त्यसबारे जानकारी गराइएको बताउँदै कन्ट्याक ट्रेसिङ थालिसकिएको बताए । यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

Must View