धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शङ्कास्पद प्रारम्भिक रिपोर्ट, थप परीक्षण टेकुमा
1.9K
काठमाडौँ, जेठ ३ गते
धुलिखेल अस्पताल सुत्केरी महिलाको मृत्यु भएको छ । अस्पताल उच्च स्रोतका अनुसार बिहिबार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।कोरोना संक्रमणको आशंका गरिएको प्रारम्भिक रिपोर्ट पोजेटिभ देखिएको धुलिखेल अस्पतालले जनाएको छ र थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको जनाउदै अस्स्पतालमा उच्च सतर्कता अपनाइएको छ । २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ ।
धुलिखेल अस्पतालमा शङ्कास्पद महिलाको मृत्युपछि उच्च सर्तकता