नागरिक पोष्ट News


ताप्लेजुङको तमोर नदीमा आएको बाढीले बगाउदा एक महिलाको ज्यान गयो, हावाहुरीले व्यापक क्षति

2.4K

ताप्लेजुङमा शुक्रबार राति परेको भारी वर्षापछि खहरे खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने अर्की एक जनालाई तमोर नदीले बगाएको छ ।  फुङ्लिङ नगरपालिका वडा नम्बर-९ऽ हाङ्देवास्थित हिरेवाखोलाले बगाउँदा अन्दाजी ३२ वर्षीय एक महिलाकोे ज्यान गएको हो ।

वर्षासँगै चलेकाे हावाहुरीले विभिन्न स्थानका घर तथा कार्यालयका छाना उडाएको छ भने सदरमुकाम फुङ्लिङका बजार पसलभित्र भेल पसेर क्षति समेत पुर्‍याएको छ ।

ढलको उचित निकास नभएको फुङ्लिङ बजारका घर तथा पसलहरुमा भेल पसेर ठूलो क्षतिभएको छ । मेची राजमार्गसहित यहाँका शाखा मार्गहरुमा समेत क्षति पुगेको छ । 

मेची राजमार्गको काबेली–सशस्त्र प्रहरी चेकपोष्ट खण्डका ठाउँ–ठाउँमा सडक नै उक्काएको तथा सडक मार्ग नै बिग्रिएको छ । भारी वर्षाका कारण ढल भएका ठाउँमा पनि ढल भरिएर पानी पूरै राजमार्गमा दौडदा राजमार्गको केही क्षेत्र बगाउनुका साथै पूरै स्वरुप बिगारेको छ । 

Source : https://ujyaaloonline.com/

Must View