नागरिक पोष्ट News


नेपालमा २६ जिल्लामा फैलियो कोरोना, २७६ संक्रमित, पर्सामा सर्वाधिक ९१ जना

1.5K

काठमाडौं । कोरोनाभाइरस नेपालमा पनि सम्मको विवरणमा २७६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर बन्दाबन्दी घोषणा गरेको पनि ५४ दिन भैसकेको छ । यो बीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

 विवरण यसप्रकार छः

पर्साः ९१ जना

कपिलवस्तुः ४१ जना

बाँकेः ३३ जना

रुपन्देहीः २८ जना

उदयपुरः ३३ जना

काठमाडौंः ९ जना

धनुषा, कैलालीः ४ जना

चिवन, रौतहट, बारा, दाङः ३ जना

सर्लाही, बर्दिया, बाग्लुङ, झापा, महोत्तरी, भक्तपुरः २/२ जना

धादिङ, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, पूर्वी नवलपरासी, मकवानपुर, सिरहाः १/१ जना

पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमूना परीक्षण गरिएको छ भने आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ ।

देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ । देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् ।

Must View