नागरिक पोष्ट News


नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो, १ महिलाको मृत्यु

1.6K

काठमाडौं । नेपालमा २०७७ जेठ ३ गते शनिबार १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । जसमध्ये सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरीको कोरोनाबट मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् ।

२५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोनाबाट नेपालमा पहिलोपटक २९ वर्षीया महिलाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

Must View