नागरिक पोष्ट News


नौ सुरक्षाकर्मीमा कोरोना, २ नेपाली सेना, ३३ नेपाल प्रहरी र शशस्त्र प्रहरी, १ जना अनुसन्धानका

2.3K

 नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अप्नाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शनिबार नेपाली सेनाका दुई जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना जवानमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

गृह मन्त्रालयका अनुसार, यो हप्तामा नेपाल प्रहरीको तीन, सशस्त्र प्रहरी तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्ये कपिलवस्तुमा चार, काठमाडौँमा दुई र बारामा एकजना छन् ।

Must View