थप ९ जनामा (पर्सा उदयपुर, काठमाडौं र दाङ) कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो
2.2K
नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।
नेपालको मकवानपुरमा र बाँकेमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो