नागरिक पोष्ट News


काठमाडौंको दहचोकमा ७ वर्षीय बालकमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो

2.7K

नेपालमा १ जेठ गते विहिबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि नगरपालिकाका ३२ वर्षका पुरुष, धनुषा निवासी १७ वर्षीय महिला,  कपिलवस्तुकी ६ वर्षीया बालिका, धादिङ निवासी ३० वर्षीया महिला र नवलपरासीका ४९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

Must View