‘कोरोना भाइरस कहिल्यै नष्ट नहुनसक्ने’ - WHO
2.3K
कोरोना भाइरस उत्पत्ति भइसकेकाले कहिल्यै नष्ट नहुनसक्ने खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो भाइरस कहिल्यै नष्ट नहुनसक्ने खतरा औल्याएको छ ।
विश्व स्वास्थ्य संगठनका आकस्मिक निकाय हेर्ने निर्देशक डा. माइक रेनले कोरोना भाइरस कहिले नष्ट हुन्छ भनेर अनुमान गर्ने विषय विरुद्ध बोलेका छन् । उनले बुधबार नियमित ब्रिफिङका क्रममा भ्याक्सिन पत्ता लागेपछि पनि यसलाई नियन्त्रण गर्न ठुलो शक्ति लगाउनुपर्ने बताए ।
सँसारभर एक सयवटा भ्याक्सिन विकासको प्रयास भइरहेको उल्लेख गरे । भ्याक्सिन विकास भइहाले पनि त्यसबाट कोरोना भाइरस नष्ट नभइहाल्ने बताए ।-Photo Credit: Agency