नागरिक पोष्ट News


टिचिङ अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना देखियो, अस्पतालमा चिकित्सकबीच खैलाबैला

2.1K

१ जेठ, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिन अघि भर्ना भएका ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।

स्रोतका अनुसार कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । ति बालिका ईएनटी सम्वन्धी विरामी हुन् । कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालमा चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ ।

Must View