नागरिक पोष्ट News


नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो

2.2K

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  थप पुष्टि भएका सर्लाही धनकाैल नपा निवासी ४५ वर्षिया पुरूष, धनुषा जनकपुर नपा र मिथिला नपा निवासी ४० वर्षीया पुरूष र २० वर्षिया महिला  रहेका छन् । त्यस्तै महाेत्तरी जलेश्वर नपा र वलवा नपा निवासी ३५ वर्षीया पुरूष रहेका छन् ।

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

Must View