नागरिक पोष्ट News


विश्वभर कोरोनाका कारण २ लाख ९२ हजारको मृत्यु, अमेरिकामा ८३ हजार ३ सय ६८ जनाको मृत्यु

1.7K

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको सख्या लगातार बढिरहेको छ । पछिल्लो तत्थ्यांक अनुसार २ लाख ९२ हजार ३ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

४३ लाख ३६ हजार संक्रमित मध्ये १५ लाख ९४ हजार २ सय २९ जना उपचार पछि निको भएका छन् ।

अमेरिकामा १४ लाख ८ हजार बढी संक्रमित मध्ये ८३ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख २६ हजार ४ सय बढी संक्रमितमा ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा २ लाख ६९ हजार ५ सय बढी कोरोना संक्रमितमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २१ हजार २ सय बढी संक्रमितमा ३० हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।

उता फ्रान्समा मृत्यु हुनेको संख्या २६ हजार ९ सय नाघेको छ भने संक्रमितको संख्या १ लाख ७८ हजार बढी छ ।

जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार बढी छ भने मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघेको छ ।

यसैगरी चीनमा ८२ हजार ९ सय १९ जना कोरोना संक्रमित र ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

रसियामा संक्रमितको संख्या बढेर २ लाख ३२ हजार नाघेको छ । मृतकको संख्या २ हजार १ सय १६ पुगेको छ ।

यस्तै भारतमा ७४ हजार बढी कोरोना संक्रमितमध्ये २ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । (एजेन्सी)

Must View