नागरिक पोष्ट News


सावधानी नअपनाए नेपालमा कोरोना नियन्त्रण बाहिर जानसक्ने सरकारी विज्ञको चेतावनी

2.3K

नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो । ३० जनामा संक्रमण देखिन करीब ३ महिना लाग्यो तर बैशाख ३० गते मंगलबार रातीसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । जसमध्ये १३१ वटा केस यही महिना र ८३ केस मंगलबार मात्र देखिएको छ । मंगलबार नै थप २६ जनामा कोरोना संक्रमण देखिएको छ ।  मंगलबार काठमाडौमा १ जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसले नेपालमा सबैतिर कोरोना फैलिन खतरा देखिएको छ ।

घरघरमा ग्यास पुर्‍याउने युवकमा कोरोना संक्रमण

बागलुङबाट आएका थिए पर्सामा भेटिएका १४ संक्रमित

 

प्यूठानमा ११ जनामा काेराेना आरडीटी पोजेटिभ, उनीहरु लमजुङबाट र काठमाडौंबाट आएको पहिचान

यो संङख्या तीव्र गतिमा बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको आंकलन छ ।

नेपालमा एकैदिनमा ८३ जनामा कोरोना: काठमाडौं र भक्तपुरमा तीन जनामा, संक्रमितको संख्या २१७ पुग्यो

अहिले सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोभिड(१९ को हटस्पट मानेको छ । यसबाहेक भारतसँग सिमाना जोडिएका सबै जिल्लालाई कोभिड(१९ को रेड जोनमा राखिएको छ ।

वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण भेटियो

स्वास्थ्य मन्त्रालयका एक विज्ञकाअनुसार प्रदेश नम्बर २ र ५ लाई डेन्जर जोन मानिएको छ । त्यहाँ क्रमशः ७३ र ७० जना संक्रमित छन् । त्यहाँ खुला सीमाका कारण भारतबाट रातको समयमा नेपालीहरु लुकिछिपी आउने गरेका छन् । र, कतिपय काठमाडौं उपत्यकामा पनि प्रवेश गर्ने गरेका मन्त्रालयमा रिपोर्टिङ छ । तर कुन ठाउँबाट कति मानिस आए भने यकिन तथ्याकं छैन ।

कोरोना समुदायस्तरमै फैलिने क्रममा, कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई नै देखियो कोरोना

 

Must View