नागरिक पोष्ट News


प्यूठानमा ११ जनामा काेराेना आरडीटी पोजेटिभ, उनीहरु लमजुङबाट र काठमाडौंबाट आएको पहिचान

2.3K

प्यूठान नगरपालिका–९ र १० वडाको क्वारेन्टाइनमा बसेका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत दधिराम सुवेदीका अनुसार आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भैरहवा पठाउने पठाइएको छ।  मरन्ठानाको गुरीगाउँमा तीन जना, धगेमा एक जना, बुढादेवीमा सात जनामा आरडीटी पोजेटिभ देखिएको हो । उनीहरु २१ देखि ३८ वर्ष उमेर समुहका रहेका छन् । उनीहरु मध्ये एक जना लमजुङबाट र बाँकी काठमाडौंबाट आएका व्यक्ति हुन् । प्यूठान नगरपालिकाले गाडी रिर्जभ गरेर काठमाण्डौबाट मजदुर तथा विद्यार्थीलाई ल्याएको थियो ।

Must View