कोरोना समुदायस्तरमै फैलिने क्रममा, कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई नै देखियो कोरोना
कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।
पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा समुदायस्तरमै कोरोना संक्रमण फैलिने जोखिम बढिरहेको देखिएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण बढेसँगै जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गरिरहेका छन् ।
स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, संक्रमित ओसार–पसार, बिरामी जाँच र औषधी उपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पीपीई सेट लगायतका स्वास्थ्य सामग्री उप्लब्ध नगराउँदा आफूहरु जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
कोरोनासम्बन्धी समाचार संकलन गर्ने पत्रकारहरुसमेत उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका संक्रमित स्थानीय तहमा कार्यरत सञ्चारकर्मीहरु विना सुरक्षा उपकरण क्वारेन्टाइनमा छिर्ने, अन्र्तवार्ता लिने, भिडियोहरु बनाउने र सीमामा रहेकाहरु बिच गएर समाचार संकलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेको बताइएको छ ।