नागरिक पोष्ट News


होशियार ! ‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

2.1K

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा दुईमहिने शिशुदेखि ८१ वर्षका वृद्धासम्ममा संक्रमण देखिइसकेकाले सबै उमेर समूहका व्यक्तिलाई सचेत हुन आग्रह गरे ।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा अझ संक्रमणको जोखिम बढी हुने भन्दै मन्त्रालयले त्यस्ता पदार्थ प्रयोग गर्न छोड्न अपिल गरेको छ ।

 

Must View