सप्तरीका १८ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या १२१ पुग्यो
1.5K
- सोमबार, २९ बैशाख २०७७
नेपालमा सप्तरीका १८ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।