नेपालमा एकैदिन कपिलबस्तुका थप १० जनामा कोरोना देखियो, संक्रमितको संख्या १२० पुग्यो
2.3K
काठमाडौं,वैशाख २९ गते । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशाेधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीया पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेकाे मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।