नागरिक पोष्ट News


देशभर १६ हजार ३०९ को ‘पीसीआर’ परीक्षण, कोरोना संक्रमित १०९ जना, ३१ जना कोरोनाबाट निको भए

2K

काठमाडौं, वैशाख २७

हाल देशभर १६ हजार ३०९ जनाको पीसीआर परीक्षण भएको छ भने ५५ हजार ९३० जनाको ‘आरडीटी’ परीक्षण भएको छ । सरकारले कोरोना संक्रमण फैलिएका जिल्लाहरुमा पाँच हजार ३२० जनाको ‘पीसीआर’ परीक्षण गर्न सेना परिचालन गरेको छ ।

देशभर १४३ जना ‘आइसोलेसन’कक्षमा रहेको जानकारी दिँदै उनले १४ हजार ५९२ जना ‘क्वारेन्टाइन’मा रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुर, बारा, पर्सा, रौतहट र प्रदेश नम्बर–५ का केही जिल्लामा पीसीआर परीक्षणका लागि सैनिक टोली खटाइएको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको सहयोगमा तीन दिनभित्र नमुना संकलन गरिसक्ने उनले जानकारी दिए ।

कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एक महिला संक्रमित निको भइ ‘डिस्चार्ज’ भएको र योसँगै ३१ जना पूर्णरुपमा निको भइ घर गएको उनले जानकारी दिए ।

हाल ७८ जना संक्रमितको भने देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

Must View