नागरिक पोष्ट News


भारतमा कोरोनाबाट १ हजार ८ सय ८५ को मृत्यु, संक्रमित ५६ हजार नाघ्यो

2.3K

२६ वैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एक हजार ८८६ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।

Must View