राष्ट्रपति ट्रम्पको सुरक्षाकर्मीलाई कोरोना संक्रमण
1.5K
डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अमेरिकन नेभीमा कार्यरत ती सुरक्षाकर्मीलाई संक्रमण भएपछि राष्ट्रपति ट्रम्पमा पनि सर्न सक्ने आशंका गरिएको छ ।
उनको सुरक्षामा खटिएका ती सुरक्षाकर्मीलाई संक्रमण भएको जानकारी वुधवार जानकारी गराउंदा राष्ट्रपति ट्रम्प निरास भएको सीएननले उल्लेख गरेको छ । वुधवारनै राष्ट्रपति ट्रम्पको पनि कोरोना संक्रमण भए नभएको वारेमा ह्वाइट हाउसका चिकित्सकले पटक पटक परिक्षण गरेका थिए ।
ह्वाइट हाउसले समेत आफ्नो विज्ञप्तिमा राष्ट्रपति ट्रम्पका एक कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
(श्रोत : सीएनन)