आजदेखि ‘लकडाउन’मा सञ्चालन गर्न पाइने क्षेत्रहरु, सिमाना र अन्तर्राष्ट्रिय उडान बन्द
काठमाण्डौ – सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ ।
सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु –
कृषि तथा पशुपंक्षीसम्बन्धी :
- खाद्य वस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य - पशुपंक्षीपालन, माछा, कुखुरापालन र बिक्रीविरतण - फलफुल, तरकारी उत्पादन तथा बिक्रीविरतण - दुग्धजन्य वस्तुको उत्पादन, सङ्कलन, भण्डारण र बिक्रीवितरण - नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्रीविरतण - कृषि बीउबिजन उत्पादन, भण्डारण र बिक्रीवितरण
स्वास्थ्यसम्बन्धी :
- सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल - नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, डायग्नेस्टिक सेन्टर - सबैप्रकारका खोप, अक्सिजनको उत्पादन तथा बिक्रीवितरण - औषधि पसल, आयुर्वेदिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन - जनक शिक्षासामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु
ढुवानी सेवा :
- कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न अनुमति - पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने, कृषि सामग्री एवम् प्राङ्गारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा, जनक शिक्षा सामाग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमति
उपत्यका प्रवेश गर्ने मालवाहक गाडीमा यात्रु राख्न नपाइने :
सरकारले काठमाण्डौ उपत्यका प्रवेश गर्ने मालवाहक सवारीमा यात्रु राख्न नपाउने निर्णय गरेको छ । प्रवेश बिन्दुमा त्यस्ता सवारी साधन चालकको नाम, सहयोगीको नाम, जन्म मिति, काठमाण्डाै प्रवेश गरेको मिति र फर्केको तथ्याङ्क राख्ने र फर्कँदा त्यही व्यक्तिहरु भए/नभएको जाँच गर्ने, झुटा विवरण दिइ यात्रा गरेको पाइएमा काननन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।
विकास/आयोजनासम्बन्धी
राष्ट्रिय गौरवका आयोजनाहरु सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत्, सिँचाइ, खानेपानी, विमानस्थल, सडक र पुल, सरकारी भवन निर्माण र सबलीकरण गर्न अनुमति
यी काम गर्न एकस्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, श्रमिकलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानको अभाव भएमा सार्वजनिक, सरकारी र निजी विद्यालयको खाली भवन प्रयोग गर्न सकिने तर स्थानीयसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था मिलाउने, यससम्बन्धी सम्पूर्ण व्यवस्थाको खर्च सम्बन्धित निर्माण व्यवसायीले नै मिलाउनुपर्ने निर्णय भएको छ ।
ढुङ्गा, गिटी र बालुवा उत्पादन र वितरणसम्बन्धी :
- ढुङगा, गिट्टी र बालुवा उत्पादन, सङ्कलन र बिक्रीवितरण गर्न पाउने - सिमेन्ट उद्योग सञ्चालन गर्न पाउने र आवश्यक सामग्री उत्पादन गर्न दिने - नदी नियन्त्रणसँग सम्बन्धित कार्य गर्न सकिने र आवासस्थलदेखि निर्माणस्थलसम्म आवत जावत गर्न सुरक्षित तरिकाले श्रमिकलाई आवत जावत गर्ने व्यवस्था उद्योग सञ्चालकले मिलाउनुपर्ने
सार्वजनिक सेवासम्बन्धी :
- बैंक तथा वित्तीय संस्थाहरु बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अति आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने - अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सञ्चालन गर्ने
औद्यौगिक उत्पादनसम्बन्धी
- औद्योगिक उत्पादनमा लकडाउनको अवधिभर श्रमिकलाई छुट्टै स्थानमा राख्ने, सम्बन्धित पालिकासँग समन्वय गरी सरकारी भवनमा बस्ने व्यवस्था गनुपर्ने - सुरक्षित आवास र खानाको व्यवस्था गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, कार्यस्थललाई अनिवार्य स्यानिटाइज गर्नुपर्ने - चामल, दात, पाउरोटी, पिठोलगायतका खाद्य सामग्री र सिमेन्ट उद्योग सञ्चालन गर्ने - साना तथा घरेलु उद्योग, निर्माणजन्य उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित विकाससम्बन्धी, सिमेन्ट उद्योग खोल्ने दिने, बढीमा पाँच जना मानिस कामदार रहने गरी सवारी साधन मर्मत गर्ने वर्कशप, इन्टरनेट सेवा र इलेक्ट्रोनिक सेवा सञ्चालन
राजमार्गका होटल र रेस्टुरेन्ट खोल्न दिने
सरकारले ढुवानी साधनका चालक तथा अति आवश्यकीय काममा हिँड्ने व्यक्तिलाई खानका लागि राजमार्गमा होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । त्यसका लागि स्थानीय प्रशासनले राजमार्ग र सहायक राजमार्गमा कम्तीमा ५० किलाेमिटरकाे दुरीमा पालिकाले तोकेको स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गर्नुपर्नेछ । तोकिए बमोजिम सवारी चालकले सवारी साधन मर्मत गर्ने वर्कशप, पेट्रोल पम्पमा रोक्न र होटलबाट खानाको प्याकेट लिन सक्ने गरी निर्धारित समय र स्थानमा रोक्न पाउने निर्णय भएको छ ।
देशभरका स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने व्यवस्था मिलाउने, सामाजिक दुरी कायम गर्ने, एक स्थानमा पाँच जनाभन्दा बढी रहेर काम नगर्ने निर्णय भएको छ । बैठकले प्रतिनिधिसभा, राष्ट्रिय सभा र संसदीय समितिका बैठकहरु स्वास्थ्यको मापदण्डहरु पूरा गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
पूर्णरुपमा बन्द रहने स्थलहरु
- विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, - तालिम तथा प्रशिक्षण केन्द्र, - गैरखाद्यवस्तु बिक्रीवितरण गर्ने व्यावसायिक मलहरु - होटल, बार, रेस्टुरेन्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रङ्गशाला, जिम सेन्टर, ब्युटी पार्लर - आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान - केवलकार र रेलसेवा ।
सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरु र अन्य राष्ट्रहरुले चालेको कदमको अनुभवबाट सिक्दै सबैलाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय नाका, खुल्ला सिमाना र अन्तर्राष्ट्रिय उडान जेठ १८ गते आइतबार मध्यरातिसम्म यात्रुको आवागमन स्थगित गर्ने निर्णय गरेको छ ।