विश्वभर कोरोनाबाट ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित
1.8K
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन)ले बुधबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विश्वभर स्वास्थ्यकर्मीका लागि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव विश्वभर भइरहेको समाचार आइरहेको समयमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
कोरोना भाइरसको कारण अहिलेसम्म दुई सय ६० नर्सको मृत्यु भइसकेको आईसीएनले बताएको छ ।