नागरिक पोष्ट News


कोरोनाबाट अमेरिकामा मात्र ६१ हजार बढीको मृत्यु, विश्वभर २ लाख २८ हजार भन्दा बढीको मृत्यु

1.5K
  • बिहीबार, १८ बैशाख, २०७७

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढीरहेको छ ।

महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३६९ जनाको मृत्यु भएको छ ।

केही दिन रोकिएको कोरोना संक्रमण त्यहाँ फेरि तीव्र गतिमा फैलिन थालेको छ । अमेरिकामा हालसम्म १० लाख ६३ हजार संक्रमितमध्ये ६१ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय व्यक्ति संक्रमित पुग्दा २४ हजार २ सयको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३ हजार संक्रमितमध्ये २७ हजार ६ सयले ज्यान गुमाएका छन् । फ्रान्समा संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय पुगेको छ ।

जसमध्ये २४ हजार व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा संक्रमितको संख्या १ लाख ६५ नाघ्दा २६ हजारले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख ६१ हजार संक्रमितमध्ये ६ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या १ लाख १७ हजार ५ सय संक्रमित पुगेको छ ।

Must View