आज २९ अप्रिल एउटा ठूलो क्षुद्रग्रह पृथ्वीतर्फ आइरहेको छ, तर नडराउनुहोस्। यसले हानी गर्नेछैन
पृथ्वीतर्फ उड्दै आइरहेको क्षुद्र ग्रह मंगलबार पृथ्वीलाई पछ्याउँदै जाने भएको छ । क्षुद्र ग्रह अर्थात् एस्ट्रोइड पृथ्वीमा ठोक्किने सम्भावना भने शून्य रहेको खगोलविद्ले बताएका छन् ।
यस ग्रहलाई सन् १९९८ मा पहिलोपटक नासाले फेला पारेको थियो । यो क्षुद्र ग्रह साढे दुई किलोमिटर व्यासको रहेको छ । पृथ्वीतर्फ आइरहेको यो ग्रहमा विभिन्न देशका अन्तरिक्ष अनुसन्धानकर्ताहरूको ध्यान तानिएको थियो । यसको अक्षको तथ्यांकबाट यो क्षुद्र ग्रह पृथ्वीमा नठोक्क्निे पुष्टि भएको हो ।
अप्रिल २९ मा यस क्षुद्र ग्रहले करिब ६ करोड ३० लाख किलोमिटर टाढाबाटै पृथ्वीलाई पछ्याउनेछ । त्यसपछि मे महिनासम्म यो ग्रह पृथ्वीबाट १९ करोड किलोमिटर टाढा पुगिसक्ने जनाइएको छ ।
धेरैजसो क्षुद्र ग्रहहरूले पृथ्वीझैँ सूर्यको परिक्रमा गरिरहेका कारण पृथ्वीले सूर्यको परिक्रमा गर्ने कक्षमा पृथ्वीसँग ठोक्किने डर मानिन्छ ।
खगोलविद्हरू अझै कैयौँ वर्षसम्म पृथ्वी कुनै पनि कुरासँग ठोक्किने खतरा नरहेको बताउँछन् ।
हेर्नुस सोसाइटीलेजारी गरेको विज्ञप्ति :
सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ.आर.२ संबन्धि समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको छाप प्रति हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं।
प्राय: राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ/छैन तथा नाङ्गो आँखाले देख्न सकिने/निस्किने बारे स्पष्टरुपमा बताइएको नपाईएकाले नेपाली नागरिकको सुसुचित हुन पाउने हकको सम्मान गर्दै यो विज्ञप्ति जारी गर्दछौं। साथै यसै विज्ञप्ति मार्फत् अस्पष्ट रहेका विषय स्पष्ट पार्न चाहन्छौं। आशा छ मलाई यहाहरु सबैले शेयर गरी अनावश्यक त्रासबाट नेपाली जनतालाई मुक्त राख्ने हाम्रो प्रयासमा साथ दिनुहुनेछ।
अप्रिल २९ तारिख /वैशाख १७ गते के हुँदैछ? यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ। पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ।
के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त? यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम '५२७६८' हो। कुनै पनि क्षुद्रग्रहलाई हामीले/खगोलवैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। यो क्षुद्रग्रहको अस्थायी नाम '१९९८ ओ. आर. २ हो भने स्थायी नाम' ५२७६८' हो। विगत् तीन दशकभन्दा बढि समयदेखि निगरानीबाट
(एजेन्सी)