नागरिक पोष्ट News


कोका-कोलाद्वारा नेपालमा कोरोनाको प्रभाव बिरुद्ध लड्न ८ करोड सहयोग गर्ने प्रतिबद्धता

1.6K

१ लाख भन्दा बढि फ्रन्टलाइनर सहित स्वास्थ्यकर्मी, आपतकालिन कामदार

तथा सुरक्षाकर्मीहरु, वेस्ट वर्कर र समुदाय सुरक्षा लक्षित सहयोग

जीविकोपार्जनमा सहयोग गर्ने पहल सुरु

काठमाडौं,   कोभिड-१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पु¥याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने प्रतिबद्धता गरेको छ । कोका-कोलाले नेपालमा सुरु गरेको राहत कार्यक्रमले देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने रहेको जनाएको छ । नेपालमा कोका-कोलाले देशलाई सुरक्षित राख्न काम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभुत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ । यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुसदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । 

कोका-कोलाले नेपालमा समुदायहरुलाई कोभिड—१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र  रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका—कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुसदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका जनाएको छ ।

कोका-कोला, अपरेशनका भाइस प्रेसिडेन्ट सन्दीप बजोरियाले भन्नु भयो, “ग्लोबल कोभिड-१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निमत्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका सम७३घढसदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा साझेदारका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सहज बनाउनका लागि काम गरिरहेका छौं ।”

Must View