लकडाउनमा थप कडाई : अब लकडाउन तोडे एक हजारसम्म जरिवाना हुने
सरकारले बैशाख १६ गते मंगलबारदेखि काठमाडौंमा लकडाउनमा थप कडाई गरेको छ । सडकमा नीजि सवारी साधनले लकडाउन उल्लंघन गरेको भन्दै गृहमन्त्रालयले लकडाउनलाई कडाई गर्न निर्देशन दिएको छ ।
अब सम्बन्धित बैंकले सो कर्मचारीलाई काम गर्नको लागि बोलाएको पत्र र परिचयपत्र भएपछि मात्र बैंकका कर्मचारी हिँड्न पाउनेछन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना तिराउन थालिएको छ ।
लकडाउन उल्लंघन गरे एक सय रुपैयाँ र लकडाउनको समयमा मदिरा पसल खोले एक हजार रुपैयाँ जरिवाना तोकेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको जानकारी गराए । नगर सुरक्षा समितिको निर्णयपछि २८ चैतबाट यो अभियान थालिएको हो । जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ ।
नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ ।