नागरिक पोष्ट News


भारतमा कोरोना संक्रमण तीब्र रुपमा, कोरोना संक्रमित विश्वका १५ औं स्थानमा, ९४० को मृत्यु

2.1K

छिमेकी राष्ट्र भारत संक्रमितको संख्यालाई लिएर हेर्ने हो भने १५ औं स्थानमा रहेको छ  । निरन्तर संक्रमित बढेपछि भारत १५ औं मा पुगेको हो । आइतबार १६ औं मा रहेको भारत सोमबार एक स्थान माथि पुगेको हो । 

भारतमा अहिलेसम्म २९ हजार ४५१ जना संक्रमिमत भइसकेका छन् । सोमबार १ हजार ५६१ जना संक्रमित थपिएका छन् । 

२६ राज्य र ६ केन्द्र शासित प्रदेशमा फैलिएको संक्रमणबाट ९४१ जनाको ज्यान गएको छ । एकै दिन ६० जनाको ज्यान गएको हो ।  सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा भएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ३६९ पुगेको छ । 

Must View