बैशाखमा बाढीले बेहाल, कञ्चनपुरको दोंदामा किसानको तरकारी बगायो
1.5K
मध्य बैशाखमै अचानक आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा दोंदाको बगरमा कृषकको तरकारी बारीमा ठुलो क्षति पुर्याएको छ।
बैशाख १५ गते सोमबार दोँदा नदीमा बाढी आएपछि बगर खेती गर्दै आएका कञ्चनपुरको लालझाडी,बेलौरी र पुनर्वासका किसानको तरकारी बाली बगाएको हो।
बाढीले काँक्रा, लौकी, फर्सी, बोडी, प्याज लगायतका तरकारी बाढीले बगाएपछि किसानहरू चिन्तित बनेका छन् ।