नागरिक पोष्ट News


लकडाउन खुल्नेबित्तिकै विद्यालय खोल्न सकिने अवस्था छैन शिक्षा मन्त्री पोखरेल

1.7K

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय खाेल्न नसकिने बताउनुभएकाे छ । उहाँले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्री पोखरेलले देशभर दुई सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताए।

शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकोमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उहाँले बताउनुभयो ।

Must View