नागरिक पोष्ट News


भारतमा कोरोनाबाट ८२५ जनाको मृत्यु, एकै दिन दुई हजार कोरोना संक्रमित थपिए

1.8K

१४ बैशाख, काठमाडौं  काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गइरहेको छ । शनिबार एकै दिन १ हजार ९२६ जना संक्रमित थपिएका छन् ।  अहिलेसम्म मृतकको संख्या ८२५ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ३२३ जनाको ज्यान गएको छ । 

महाराष्ट्रमा सबैभन्दा बढी ७ हजार ६२८ जना संक्रमित भएका छन् । त्यहाँ १ हजार ७६ जनालाई निको भएको छ । 

भारतमा कोरोना २६ राज्य र ६ केन्द्र शासित प्रदेशमा फैलिएको छ । 

पछिल्लो १० दिनमा संक्रमित दोब्बर बढेका छन् । १५ अप्रिलसम्म संक्रमितको संख्या १२ हजार ३७० रहेको थियो भने त्यसको १० दिनपछि संक्रमितको संख्या २६ हजार ३७८ पुगेको छ । 

भारत सरकारले मे ३ तारिखसम्म लकडाउन लगाएको छ । 

Must View