लकडाउन वैशाख २५ गतेसम्म, सीमा नाका वैशाख ३१ गतेसम्म लम्ब्याउने सरकारको निर्णय
2.3K
१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले सीमा नाकामा समेत वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।