नागरिक पोष्ट News


वीरगञ्जका २ जना र झापामा १ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो

1.8K

१४ वैशाख, काठमाडौं

वीरगञ्जका दुई जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् ।

झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

Must View