नागरिक पोष्ट News


किमको पछिल्लो अबस्था बारे अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया यस्तो

2K

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीररूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ बताउनुभएको छ । 

स्थानीय समय अनुसार बिहीबार उहाँले उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गर्नुभएको हो ।

नेता किम स्वस्थ अवस्थामै रहेको उहाँले आशा व्यक्त गर्नुभयो । उहाँले यसअघि गत मङ्गलबार उन गम्भीर अस्वस्थ भएको सूचना आएको भन्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । 

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि उहाँले यस्तो बताउनुभएको थियो ।

नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित हुनुभएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन् ।  

उहाँ त्योभन्दा चार दिन अगाडि एउटा सरकारी बैठकमा भने देखिनु भएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको थियो ।

तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम बिरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दावी गरेका छन् ।  योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् । 

Must View