नागरिक पोष्ट News


मौसम बिग्रदो, शुक्रबार, शनिबार र आइतबार  धेरै पानी पर्ने सम्भावना, तीन दिनको मौसमी जानकारी

2.4K

काठमाण्डाै – शुक्रबार (आज) शनिबार र आइतबार  आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

आज मध्य र पूर्वी क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । अरु ठाउँको मौसम बिहान खुले पनि दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने  अनुमान छ । आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ ।

यस्तै भैरहवाबाट पूर्वतिर जनकपुर, सिरहा, सर्लाहीलगायत पूर्वी तराईमा आज अलि धेरै हुरीबतासको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ । आजको भन्दा शनिबार कम हावाहुरी चले पनि आइतबारसम्म नै देशका धेरै ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको छ।  

Must View